थर्काेट समाचारदाता
तुलसीपुर ११ कार्तिक
दाङको तुलसीपुर स्थित रक्षाचाैरमा गएराती माेटर साईकल दुर्घटना भएकाे छ । तुलसिपुर उ.म.न.पा.४ रक्षाचौर स्थित दाङबाट सल्यान तर्फ जादै गरेको रा ३ प ७१८५ न; को (२ जना सवार) मोटरसाईकल आफै अनियन्त्रीत भइ दुर्घटना भएको हाे । यसरी घाइते हुनेहरुमा
१ मो.सा.चालक जि.दाङ तुलसिपुर उ.म.न.पा.३ राम्री बस्ने बर्ष २० को सुसान्त मगर र २ सवार ऐ.बस्ने बर्ष ५० को दोर्ण थापा रहेकाछन् । निज व्यक्तिहरूलाई उपचारकाे लागि राप्ती प्रादेशिक अस्ताल तुलसीपुरमा ल्याईएकाे थियाे ।माेटरसाईकल चालक सुसान्त मगरलाई मुखमा सामान्य चोट लागेकाे थियाे । उनी डिस्चार्ज पछि प्रहरीको नियन्त्रणमा रहेकाछन् भने टाउको, छातिमा चोट लागेर सिरियस भएका तुलसीपुर उपमाहानगर पालिका वाड न 3 राम्री बस्ने दाेर्ण बाहादुर सिजाली थापालाई राप्ति प्रादेशिक अस्पताल तुलसिपुर दाङमा सामान्य उपचार गरि थप उपचारको लागि नर्सिंङहोम नेपालगन्ज बाके रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी गराएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds