दाङको तुलसीपुरमा पटका आतंक बढ्यो

Byदोर्ण के.सी.

२७ कार्तिक २०८०, सोमबार १८:५७ २७ कार्तिक २०८०, सोमबार १८:५७ २७ कार्तिक २०८०, सोमबार १८:५७

तुलसीपुर, २७ कात्तिक ।  तिहार सुरु भएसँगै दाङको तुलसीपुरमा पटका आतंक बढेको छ । दिउँसो भन्दा रातको समयमा बढि पटका पट्किरहेका हुन्छन् । पटका पट्काउन सरकारले प्रतिबन्द लगाएपनि कार्यान्वयन भने गर्न नसकेको स्थानिय नागरिकको गुनासो छ । दाङको दंगीशरण गाउँपालिका १ घरभई हाल तुलसीपुरको वसपार्कमा दुर्गा मिठाई पसल सञ्चालन गर्दै आउनुभएका राजेश वलीले पटकाले आफु लगाएत सबैलाई समस्या पारेको बताउनुभयो । एकोहोरो रुपमा काम गरिहेका बेला पटकाले झस्काउने गरेको उहाको भनाई छ । सरकारले पटका पट्काउन हुन्न भन्दै आएपनि आँखै अगाडी पटका पट्किने गरेको उहाले बताउनुभयो । छिमेकी देशबाट पटका आउने हुदा बोर्डरमै कडा चेकजाँच गरेर नेपाल प्रवेश गराउनबाट रोक्नुपर्ने उहाको भनाई छ । पटकाले गर्दा शान्त वातावरणमा बसिरहेका मानिस बढि त्रसिने गरेको भन्दै ससाना बच्चाहरुलाई यसले झनै असर गरेको तुलसीपुर ५ निवासी नन्दलाल भण्डारीले बताउनुभयो । पटका पट्काउने भन्दा पनि पटका नेपाल ल्याउने र बेच्नेलाई कारवाही गर्नुपर्ने उहाको भनाई छ । तुलसीपुरको वसपार्कमा पटका नियन्त्रणमा प्रहरीले चासो दिएको भण्डारीले बताउनुभएको छ । तरपनि लुकिछिपी पट्काउनेले गर्दा समस्या भएको उहाको भनाई छ । पटका पटकाउने र प्रहरी पुग्दा सुनसान हुने हुदा कसले पट्कायो भनेर पनि थाहा पाउन कठिन भएको उहाले बताउनुभएको छ । बाहिरबाट पटका भित्री रहदा यहा प्रहरीलाई समेत नियन्त्रणमा कठिन भएको उहाले बताउनुभयो । ग्रामिन भेगमा भन्दा बजार आसपासका क्षेत्रमा बढि पटका पट्किरहेको सुनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds