









थर्कोट समाचारदाता
तुलसीपुर, २१ मंसिर ।
दाङको तुलसीपुरमा ९२ हजार सहित ५ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ का ३१ वर्षिय तुलसीराम आचार्य, वडा नम्बर ६ का ३६ वर्षिय सुवास चौधरी, वडा नम्बर ११ का ६० वर्षिय केशर बहादुर केसी, दंगिशरण गाँउपालिका–२ का ५१ वर्षका दिपक देबकोटा र सल्यानको छत्रेश्वरी गाउँपालिका–७ का ३४ वर्षिय दुर्गा बिष्ट रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको थियो । प्रहरीका अनुसार तुलसीपुर ६ हिमाल टोल स्थित गोविन्द आचार्यको घरको छतमा जुवा खेलीरहेको अवस्थामा नगद ९२ हजार १६५ रुपैयाँ सहित ५ जनालाई बिहिबार दिउँसो ४ बजेको समयमा पक्राउ गरिएको हो । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


