दोर्ण के.सी.
तुलसीपुर, २६ पुस ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६मा दलित महिला संघ दाङले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाले गरेका चार महिनाको अवधिमा भएका कामको समिक्षा र नागरिकका सुझाव लिन दलित महिला संघ दाङले शुक्रबार सार्वजनिक सुनुवाई गरेको हो । त्यस अवसरमा अधिकांश नागरिकले सडक, विद्युत, खानेपानी लगायतकै समस्याबारे गुनासो राखेका छन् । सहभागी नागरिकले तोकिएको समयमा विकास बजेट खर्च हुन नसकेको, सडकको नाला व्यवस्थित नहुँदा वर्षामा सास्ती पाएको, सडक स्तरोन्नती गर्दा विद्युतका पोल स्थानान्तरण हुन नसकेको, जनप्रतिनिधिको बेमेलका कारण विकास निर्माणमा अवरोध भएको लगायतका गुनासो राखेका छन् । स्थानीय राम बहादुर जिसीले भूमिहिन सुकुवासीलाई लालपुर्जा वितरण प्रक्रिया टुंगोमा पुग्न नसकेकोबारे प्रश्न राख्नुभएको थियो । उहाँले जनप्रतिनिधि बिचको बेमेलका कारण विकास निर्माणमा समस्या भएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको थियो । यस्तै आसाराम चौधरी पञ्जीकरणबारे आम नागरिकलाई सचेतना दिनुपर्ने बताउनुभएको थियो । यसैगरी भुवनसींह खड्काले महादेव स्थानमा बाटो र नालाको काम अघि बढ्न नसकेको बताउनुभएको थियो । यस्तै लिलामनी लामीछानेले खैरावाङ भगवती मन्दिरका लागि आएको बजेट नै अन्यौलमा भएको बताउनुभयो । यस्तै मधु केसीले शिवशक्ति टोलमा विद्युत विस्तार हुन नसकेको गुनासो गर्नुभएको थियो । शिवशक्ति टोल विकास संस्थाका अर्जुननाथ योगीले वर्षामा नालाको पानीले सास्ती दिने गरेको र नाला व्यवस्थित गराउनुपर्ने बताउनुभएको थियो । उहाँले लागूऔषध दुर्व्यसनी अन्त्यका लागि वडाले पनि पहल थाल्नुपर्ने बताउनुभएको थियो । यसैगरी सरस्वती टोल विकास संस्थाका नवराज आचार्यले खानेपानीले पाइप विस्तारका लागि पक्कि सडक भत्काएको भन्दै गुनासो गर्नुभएको थियो । यस्तै गणेश टोल विकास संस्था सेवकराम रेग्मीले विद्युतको पोल स्नान्तरणमा सास्ती पाएको र समाधान वडाले निकाल्नुपर्ने बताउनुभएको थियो । त्यस अवसरमा २० जनाले सल्लाह , सुझाव, प्रश्न र गुनासो राखेका थिए । वडाध्यक्ष दुजमान भण्डारी (वर्षात) ले भूमिहिन सुकुमवासीको लगत संकलन गरिसकेको बताउनुभएको थियो । उहाँले करिब २ हजार २ सय जनाको अनलाइन सुचिकृत भइसकेकोले आगामी दिनमा लालपुर्जा पाउन समस्या नहुने बताउनुभएको थियो । उहाँले वडामा जनप्रतिनिधिबिचको बेमेल नरहेको समेत स्पष्ट पार्नुभएको थियो । उहाँले टोलमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता समेत गर्नुभएको थियो । यस्तै वडा सदस्य यमराज केसीले वडाको विकासका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताउनुभएको थियो । दलित महिला संघ दाङले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । संघका अध्यक्ष युवा कराराको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण वडाका कर्मचारी नानीमैया केसी र रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेलले गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds