थर्कोट समाचारदाता
दाङ, २७ भदौ ।
अभिनेता पल शाहले चलचित्र रावायण दर्शकको चाहना बमोजिम बनेको बताउनु भएको छ । बुधबार चलचित्रको प्रचार प्रसारकालागि दाङ आएका नायक पल शाहसंग चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले गरेको साक्षात्कार कार्यक्रम बोल्दै अभिनेता पल शाहले आफूले चलचित्रमा धेरै मिहेनत गरी काम गरेको बताउनुभएको थियो । उहाँले दर्शकको चाहाना बमोजिमको चलचित्र रावायण भएको समेत जानकारी दिनुभएको थियो । संघका जिल्ला अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले दर्शकलाई एकपटक चलिचत्र हेरी नेपाली फिल्मलाई माया गरिदिनुहुन आग्रह गर्नुभएको थियो । यस्तै चलचित्रकी नायिका तथा निर्मात्री पुजा शर्माले सिनेमा राम्रो बनेको र सिनेमा हेरेका दर्शकले सिनेमा मन पराइदिएकोमा खुसी व्यक्त गर्नुभएको थियो । साथै दाङ जिल्लामा आफु पहिलो पटक आएको र आफूले दाङवासीहरुको असाध्यै माया पाउदा प्रफूल्लित भएको बताउनुभएको थियो । उहाँले आम दर्शकलाई सिनेमा हेर्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रिय कार्यसमिति सदस्य ध्रुव राज न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन दाङ शाखा कोषाध्यक्ष भूपेश वलीले गर्नु भएको थियो । यसैबीच प्रदर्शनरत चलचित्र रावायणको प्रचार प्रसारकालागि यतिबेला रावायणका कलाकार मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार चलचित्र रावायणका नायक पल शाह तथा चलचित्रकी निर्मात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शक संगको साक्षात्कारमा उपस्थितहुनु भएको थियो । दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुग्नु भएको थियो । त्यहाँ पुग्दा उहाँहरु दर्शकको घेरा भन्दा बाहिरी जान सक्नु भएन । दर्शक माझ पल शाह र पुजा शर्मा घेरिनु भएको थियो । उहाँहरुले फिल्म हलमा दर्शक सँगसंगै बसेर चलचित्र हेर्नु भएको थियो । चलचित्र हेरिसकेपछि दर्शकको प्रतिक्रिया उत्साहजनक आएको थियो । चलचित्रमा नायक पल शाह र नायिका पुजा शर्माले एकदमै राम्रो काम गरेको र सिनेमाको छाँयाकन पक्ष पनि दमदार रहेको दर्शकहरुले बताएका थिए । फिल्म पछि कलाकारद्धय पल र पुजा दर्शकसंग संगै नाचेका समेत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds