









कृष्ण अधिकारी
तुलसीपुर, १ जेठ ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले अहिलेको अवस्थामा तालिमको अत्यन्तै आवश्यक रहेको बताउनुभएको थियो । ढकिया बनाउनका लागि कच्चा पदार्थ यहाँ नपाइने हुँदा बाँके, बर्दिया र कैलालीबाट ल्याएर दाङमै त्यसको कच्चा पदार्थ उत्पादन गर्न सकिने उहाँले बताउनुभएको थियो । कार्यक्रमको दंगीशरण गाउँपालिकाका अध्यक्ष गिरीले कुनैपनि वस्तु उत्पादन गर्दा बजारीकरणमा पनि ख्याल गर्नुपर्ने बताउनुभएको थियो । तर, यस्ता हस्तकलाका सामाग्री विक्री हुदैन कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उहाँले बताउनुभएको थियो । यस्तै वन ऐनलाइ छिट्टै पास गर्ने समेत अध्यक्ष गिरीले बताउनु भएको थियो। संघीयता आइसकेपनि सेना र बन स्थानीय सरकारको मातहतमा नआउदा कामको सिलसिलामा अप्ठेरो पर्ने गरेको अध्यक्ष गिरीको भनाइ रहेको थियो । दाङको दंगीशरण–२ ले शुधmबार एक कार्यक्रमका बिच आयोजना गरेको ढकिया हस्तकला उत्पादन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । कार्यक्रम गत बैशाख १५ गतेबाट सुरु भएको एक महिने ढकिया हस्तकला उत्पादन एडभान्स तालिमको शुक्रबारएक कार्यक्रमका बिच समापन गरिएको हो । कार्यक्रममा वन महासंघका महासचिव शोभाकर सापकोटाले २०२९ सालमा वन ऐन आएको र तत्कालीन अवस्थामा ८ वटा सामुदायिक वनबाट शुरु गरिएको वन महासंघ नेपालमा अहिले ८ हजार सामुदायिक आबद्ध रहेको बताउनु भएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य मिना चौधरी, वन महासंघ दंगीशरणका अध्यक्ष शोभाकर न्यौपाने, चेम्बर अफ कमर्सका टोप बहादुर घर्ती, वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्री लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । हाम्रो राजाकोट बहुउदेश्य सहकारी सस्थाका लेखा समिती संयोजक इस्वरी गौतमको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाका सचिव चक्रमिलन बिश्वकर्माले गर्नुभएको थियो ।



