दंगीशरणको सार्वजनिक सुनुवाइ सम्पन्न

Byदोर्ण के.सी.

१७ जेष्ठ २०८१, बिहीबार १९:०४ १७ जेष्ठ २०८१, बिहीबार १९:०४ १७ जेष्ठ २०८१, बिहीबार १९:०४

थर्कोट समाचारदाता
तुलसीपुर, १७ जेष्ठ ।
दाङको दंगीशरण गाउँपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । दंगीशरण गाउँपालिकाको आयोजना तथा ब्ल्याक डाइमण्ड फिल्मस प्रा.लि. को व्यवस्थापनमा यही जेठ ७ गतेबाट सुरु भएको वडा व्यापी सार्वजनिक सुनुवाई कार्यक्रम मंगलबार पालिका स्तरिय रुपमा गाउँपालिकाको सभाहलमा सम्पन्न गरिएको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही तथा पालिकाबासी नागरिकहरूले विशेषगरी विकास निर्माणका काम छिटो छरितो नभएको, कतिपय योजनाका कामहरु विवादले गर्दा रोकिएको गुनासो गरेका थिए । यसैगरी पालिकामा अपांगमैत्री भवन नहुदा समस्या भएको, पशुका लागी पाइने औषधी नपाएको, सितभण्डार अलपत्र हुदा कृषीजन्य वस्तु भण्डारणमा समस्या भएको, उत्पादित दुधले उचित मुल्य नपाएको लगाएतका जिज्ञासाहरु व्यक्त गरेका थिए । यस्तै अन्य विभिन्न शिक्षा, स्वास्थ्य, खानेपानीको समस्यामा विशेष ध्यान दिनुपर्ने भन्दै सार्वजनिक सेवामा विभिन्न समस्याहरु झेल्नु परेको, क्यान्सर निवारणका लागी प्रभावकारी कार्यक्रम सञ्चालन नभएको लगायतका गुनासो गरेका थिए । कतिपयले पालिकाले केही राम्रा कामहरु समेत गरेको भन्दै धन्यवाद समेत व्यक्त गरेका थिए । यता मुख्य जवाफदेही वक्ताको रुपमा रहनुभएका दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, उपाध्यक्ष पिमा खड्का र प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेले विकास निर्माण स्वास्थ्य, कृषि, पशु, पूर्वाधारका क्षेत्रमा सञ्चालन गरेका कार्यक्रम, प्रदान गरिने सेवा सुविधाका बारेमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका अन्य प्रश्नहरुको सम्बन्धित शाखाका प्रमुखहरुले पनि जवाफ दिदै प्रष्ट पार्नुभएको थियो । पालिका, वडा कार्यालय तथा पालिका मातहतका विभिन्न कार्यालयबाट सञ्चालित विकास निर्माणका कार्यक्रम, प्रदान गरिने सेवा सुविधा सार्वजनिक गरी त्यस्ता विषयका सम्बन्धमा सार्वजनिक थलोमा सेवाग्राही नागरिकले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने तथा नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गरेर हाम्रो प्रण समृद्ध दंगीशरणको अवधारणालाई सफल बनाउने उद्देश्य अनुरुप सार्वजनिक सुनवाई गरिएको पालिकाले जनाएको छ । कार्यक्रममा वडा स्तरमा गएर गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका जिज्ञासा, प्रश्न र गुनासाहरुको भिडियो सामाग्री समेत प्रस्तुत गरिएको थियो । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजिकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पौडेलले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds