









थर्कोट समाचारदाता
दंगीशरण, ८ चैत्र । दाङको दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुका लागि उन्नत कम्पोस्ट मल निर्माण सामाग्री बितरण वितरण गरेकोछ । शाखाले प्रती किसान ५००० बराबरको सामाग्री बितरण गरेको हो ।सामाग्री बितरण गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले कम्पोस्ट मल र जैविक मलको उत्पादनमा पालिकाले अध्ययन गरिरहेको बताउनुभएको थियो । रासायनिक मलले बालिनालिमा परिरहेको नोक्सानी र मानव शरीरमा लागिरहेको नसर्ने रोगबाट समेत बच्नका लागि पनि कम्पोस्ट मल र जैविक मलको प्रयोगमा ध्यानदिन आग्रह गर्नु भएको हो । दंगीशरण गाउपालिकाको आर्थिक वर्ष २०८१ र ०८२ को २ लाख बजेटबाट सामाग्री बितरण गरिएको हो । धेरैजनाको समुहबाट माग भएता पनि ४० जना समुहका किसानहरुलाइ सामाग्री बितरण गरिीएको कृषिसाखा प्रमुख सरु भुषालले जानकारी दिनुभएको थियो ।३ र ६ नम्बरबाट धेरै माग आए बमोजिम त्यहाँ वडामा २ दिनको कम्पोस्ट मल निर्माण सम्बन्धि तालिम दिने तयारीमा रहेको छ । सामाग्री वितरण कार्यक्रम कृषिसाखा प्रमुख सरु भुषालको अध्यक्षता,दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कर्ण बहादुर नेपालिको बिशिस्ट आथित्यतामा कार्यक्रम सम्पन्न भएकोथियो ।


