









थर्कोट समाचारदाता
दंगीशरण,१ माघ ।
दाङको दंगीशरण गाउँपालिकाले माघीका अवसरमा तीन दिन सार्वजनिक विदा दिएको छ । पर्वको अवसरमा आज नेपाल सरकार, २ गते लुम्बिनी प्रदेश सरकार सरकारले यस अघि नै विदा दिएको छ । यस्तै माघ ३ गते बिहीबार कार्यपालिकाको निर्णबाट सार्वजनिक बिदा दिएपछि पालिका तीन दिन बन्द रहने भएको छ । पालिकाले एक सूचना जारी गर्दे थारु तथा मगर समुदायहरुले विशेष पर्वको रुपमा मनाउने माघी पर्वको अवसरमा २०८१ पुस २९ गतेको गाउँकार्यपालिकाको निर्ण अनुसार दंगीशरण गाउँपालिका र मातहतका कार्यालयहरुमा बिहिबार पनि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकिय अधिकृत कर्णबहादुर नेपालीद्वारा जारी सूचनामा भनिएको छ ।


