दंगिशरणमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Byदोर्ण के.सी.

१२ माघ २०८१, शनिबार १६:४७ १२ माघ २०८१, शनिबार १६:४७ १२ माघ २०८१, शनिबार १६:४७

थर्कोट समाचारदाता
दंगिशरण १२ माघ ।
दाङको दंगिशरणमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । दंगिशरण गाउँपालिकाको समन्वय, राप्ती लाइफ केयर अस्पतालको प्राविधिक सहयोगमा लायन्स क्लब अफ तुलसीपुर इशानले शनिबार शिविर संचालन गरेको हो ।
दंगिशरण गाउँपालिका–३ हेकुलीमा रहेको हेकुली स्वास्थ्य चौकीमा शिविर संचालन गरिएको इशानका उपाध्यक्ष दिपक केसीले जानकारी दिनुभएको थियो । शिविरमा मेडिकल अफिसर डाक्टर भुषण भण्डारी, हाडजोर्नी तथा नशारोग विषेशज्ञ डा।निभाष शर्मा, वरिष्ठ नाक , कान, घाँटी रोग विषेशज्ञ डा।शिशिर पोखरेल, जनरल फिजिसियन डा. मुक्तिनाथ थापा र बिनोद रानाले निशुल्क स्वास्थ्य जाँच गर्नुभएको हो । शिविरमा १ सय ९२ जनाले सेवा लिएका छन् । निशुल्क स्वास्थ्य जाँच भएपछि नागरिक खुशी भएका छन् । शिविरमा सुगर र पिसाव निशुल्क जाँच गरिएको छ भने औषधी निशुल्क वितरण गरिएको छ । यस्तै थाइराइडमा ५० प्रतिशत छुट, ल्याब तथा इन्भेष्टिगेषणमा २५ प्रतिशत छुट गरिएको हो । उपाध्यक्ष दिपक केसीको अध्यक्षता तथा दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यतामा शिविरको उद्घाटन कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds