तुलसीपुर ७ लाई डिजिटल वडा बनदै

Byदोर्ण के.सी.

२२ मंसिर २०८०, शुक्रबार १५:०० २२ मंसिर २०८०, शुक्रबार १५:०० २२ मंसिर २०८०, शुक्रबार १५:००

दाङ, २२ मंसिर ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ लाई डिजिटल वडा बनाउने कार्यको थालनी गरिएको छ । शुक्रवार वडा कार्यालयमा आयोजित कार्यक्रममा डिजिटल वडा निर्माणको तयारीका बारेमा जानकारी गराइएको हो ।

डिजिटल वडा निर्माणका लागि पाश्र्वचित्र, बृत्तचित्र तथा अभिलेखीकरण गर्ने वडा अध्यक्ष राम बहादुर जिसीले सम्पुणर् अभिलेख तयार भए सेवा प्रवाहमा पार्दशिता हुने बताउनुभयो । वडाको प्रोफाइल तयार गरेर तथ्याङ्कको आधारमा कुन ठाँउमा कस्तो प्रकारको विकासको आवश्यक्ता रहेको छ पहिचान गर्न सजिलो हुने अध्यक्ष जिसीले बताउनुभयो ।

तुलसीपुरमा डिजिटल वडा बनाउने पहिलो वडाको रुपमा वडा नम्बर ७ भएकाले सत्य तथ्य विवरण दिई सहयोग गर्न वडावासीलाई अध्यक्ष जिसीले आग्रह गर्नुभएको छ । पहिलो चरणमा वडा भित्रका टोल विकास संस्थाहरुको पहिचान, घरहरुको कोडीङ गर्ने काम सकिएको छ ।

वडामा ६ हजार ४ सय घरधुरी रहेपनि तत्कालका लागि ७ हजार घरहरुको नम्बरीङ्ग गरिएको तथ्याङ्क संकलक विष्णु प्रसाद खनालले बताउनुभयो । उहाँका अनुसार वडामा आगामी १० वर्षमा करीब १३ हजार घरधुरी हुने अनुमान अनुसार कोडिङ्गको काम सकिएको हो ।

डिजिटल वडामा नागरिकको सम्पूणर् तथ्याङ्क कमप्युटराइजिङ हुनेछ । सेवाग्राही कार्यालयमा सेवा लिन पुग्दा सोही अभिलेखका आधारमा सेवाप्रवाह गर्न सजिलो हुनेछ ।

कार्यक्रममा सहभागीहरुले तथ्याङ्क संकलनमात्र नभई सुचना अद्यावधिकतर्फ पनि वडाले विशेष ध्यान दिनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा राप्ती टोल विकास संस्थाका अध्यक्ष खेमराज विश्वकर्मा, जितपुर टोल विकास संस्थाका अध्यक्ष राजकुमार आत्रेय, चौतारी जलधारा टोल विकास संस्थाका भद्र बहादुर वली, सेन्टर बम्नै टोल विकास संस्थाका जगत केसी लगाएतले डिजिटल अभियानलाई सफल बनाउन आ-आफ्नो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य मान बहादुर राना, डिला विश्वकर्मा, शोभाराम भण्डारी, दिवानी चौधरी,राप्ती शान्ती उद्यानका अध्यक्ष डिल्लिराज भण्डारी लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण कर्मचारी सन्तोष केसीले गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds