









अञ्जली के.सी.
तुलसीपुर, ३१ साउन ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ ले टोल विकास संस्थाको मुख्य मुख्य चोकमा डस्टविन उपलव्ध गराएको छ । बजारमा फोहोरहरु जथाभावी फाल्ने प्रवृतिलाई रोकथाम गरि शुन्दर वडा बनाउने उद्देश्यको लागि ६ नम्बर वडा कार्यालयले वडामा पर्ने विभिन्न टोलका मुख्य मुख्य चोकमा डस्टविन राखेको तुलसीपुर उपमहानगरपालिका ६ नम्बर वडा अध्यक्ष दुजमान भण्डारीले जानकारी दिनुभएको छ् । उहाँले पहिलो चरणमा वडाका विभिन्न टोल विकास संस्थाहरुको मुख्य चोकमा ६५ वटा डस्टविन राखेको वडा अध्यक्ष भण्डारीले बताउनुभएको हो । बजारमा हिडडुल गर्ने नागरिकहरुलाई डस्टविनमा फोहोर फाल्ने बानीको विकास गर्नको लागि यो अभियान सुरु गरेको उहाँले बताउनुभएको हो ।
उहाँले बढी नागरिकहरु जमघट हुने ठाँउलाई छनोट गरेर मुख्य मुख्य चोक मदन आश्रित चोक, गुम्राह चोक, बाहीनी चोक, गोलौरा चोक लगाएतको ठाउँमा डस्टविन राखिएको वडा अध्यक्ष भण्डारीले जानकारी गराउनुभएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा ८० वटा टोल विकास संस्थाहरु रहेको छन् । अहिले सुरुवाती चरणमा बढी चासो राख्ने र भिभाड हुने टोलहरुमा ६५ वटा डस्टविन राखिएको उहाँले बताउनुभयो । आगामी दिनहरुमा अन्य टोलहरुमा पनि डस्टविन राखिने अध्यक्ष भण्डारीको बताउनुभएको छ। सामाजिक संस्था इम्लासे नेपाल र वडाको सहयोगमा करिब ९० हजार बराबरको डस्टविन विभिन्न टोलहरुमा राखिएको छ । डस्टविनको जिम्मा टोल विकास संस्थालाई दिइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभएको हो ।


