तुलसीपुर र कपुरकोट क्षेत्रमा शनिबार विद्युत बन्द हुने

Byदोर्ण के.सी.

२९ मंसिर २०८०, शुक्रबार १६:२४ २९ मंसिर २०८०, शुक्रबार १६:२४ २९ मंसिर २०८०, शुक्रबार १६:२४

तुलसीपुर, २९ मंसिर । तुलसीपुर क्षेत्रमा भोलि विद्युत नआउने भएको छ । विद्युत लाइन वरीपरीका रुखका हाँगा काट्नुपर्ने भएकाले भोलि चार घण्टा विद्युत अवरुद्ध हुने भएको हो ।तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने हापुरेदेखि तुलसीपुरसम्मको ३३ केभि लाइन र ११ केभि वरपरका रुखका हाँगा फडानी गर्नुपर्ने भएकाले लाइन कटौति गरिने तुलसीपुर वितरण केन्द्र प्रमुख शिव नारायण गोशलीले बताउनुभयो ।बालापुर, सुकौरा, भमके, एयरपोर्ट, कृष्णमन्दीर , मानपुर बिजौरी र सल्यानको कपुरकोट फिडर अन्तर्गतका सम्पूर्ण क्षेत्रमा विद्युत अवरुद्ध हुने उहाँले बताउनुभयो । यसअघि गत कार्तिक १८ गते जाजरकोट भूकम्पका कारण स्थगित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds