










तुलसीपुर ४ फागुन । दाङकाे तुलसीपुर जारी तुलसीपुर महाेत्सवमा शनिवार चर्चित हाँस्यकलाकार सीताराम कट्टेल –धुर्मुस र कुञ्जना घिमिरे (सुन्तली) आउन लागेकाे आयाेजकले जनाएकाे छ । तिताे सत्य टेलिसिरियलबाट चर्चामा आएका हाँस्यकलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली पछिल्लाे समय नेपाली समाजमा असाध्य रुचाइएका कलाकार हुन् । धुर्मुस र सुन्तलीकाे आगमनले शनिबार दर्शकहरुकाे भिड थामि नस्कनु हुने आयाेजकले दाबी गरेकाे छ ।
त्यस्तै अन्य कलाकारहरु गायक बिक्रम परियार, रोशन रत्गैया, सन्दिप सुनार, गायिका इब्सु सञ्ज्याल, डान्सर करिष्मा ढकाल र रञ्जिता पाण्डेको बेजाेड प्रस्तुति रहने सांस्कृतिक संयोजक रुपबहादुर खत्रीले जानकारी दिनुभयो ।फागुन ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा एक करोडको आर्थिक कारोबार र करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिइएको छ । महोत्सव माघ २४ गतेबाट सुरु भएको हो ।


