तुलसीपुर महोत्सवको तयारी तीव्र

Byदोर्ण के.सी.

६ माघ २०८०, शनिबार १६:११ ६ माघ २०८०, शनिबार १६:११ ६ माघ २०८०, शनिबार १६:११

तुलसीपुर, ६ माघ । दाङको तुलसीपुरमा संचालन हुन थालेको तुलसीपुर महोत्सव २०८० को तयारीलाई संघले तीब्र पारेको छ । मेला लाग्ने समय नजिकिदै गर्दा संघको अयोजनामा सरोकारवाला निकायहरूसंग छलफल र बैठकहरु दिनप्रतिदिन हुन थालेका छन् । सघले स्थानीय सरकार, प्रहरी प्रशासन, विभिन्न संघ संस्था, आफु मातहत रहेका २४ वटा विभिन्न उपसमिति र संघका पूर्व अध्ययक्षहरु छलफल गरिसकेको छ ।माघ २४ देखि फागनु ८ गतेसम्म संचालन हुने महोत्सवमा २ करोडको कारबार र करिब ३ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेले जानकारी

दिनुभएकोछ । उहाँले विगतमा वाणिज्य संघले संचालन गरेका महोत्सव र महापुराणबाट संकलित रकमले विभिन्न सामाजिक कार्य गरेको बताउँदै महोत्सवबाट संकलित रकमलाई समाजिक कार्यमा लगाउने बताउनुभएको थियो ।यसपटक संचालन गरिने महोत्सवबाट संकलित रकमबाट दोघरेमा अधुरो रहेको सभाहललाई पुर्णता दिने, अरनीको मैदानमा मञ्च निर्माण, मानव सेवा आश्रम र आचार्य कुलमले निर्माण गर्ने भवनका लागि पनि आर्थिक सहयोग गर्ने अध्यक्ष चालिसे बताउनुभएको छ । महोत्सवमा स्थानीय कृषि उत्पादन, हस्ताकलाको प्रदर्शनीलाई विशेष प्राथमिकता दिने आयोजकले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds