




दाेर्ण के.सी.
तुलसीपुर ०९ फागुन
तुलसीपुर नगर जेसिजको वर्ष २०२६ को प्रथम साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । तुलसीपुर नगर जेसिजको वर्ष २०२६ का अध्यक्ष कमल प्रकाश शर्मा को अध्यक्षतामा प्रथम साधारणसभा सम्पन्न भएको हाे ।
साे साधारणसभामा संस्थाका पदाधिकारीहरूले विभिन्न कार्यक्रमको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साे साधारणसभामा संस्थाका मानार्थ सदस्य एकराज भण्डारी, थुम्मन विश्वकर्मा र पूर्व अध्यक्षहरु मोहन सुनार र पूर्ण बहादुर डाँगी, निवर्तमान अध्यक्ष तथा नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष सन्दिप भुसाल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सहजीकरण वर्ष २०२६ का महासचिव झग्गु प्रसाद सापकोटा ( सुशान्त) ले गर्नुभएको थियो ।

