










थर्कोट समाचारदाता
दाङ,१६ बैशाख । तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख रेवा रावतलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएकोृ छ । तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख रेवा रावतले तुलसीपुर उपमहानगरपालिकाको गाडीचलाएको बेलामा स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका थिए। आज मंगलबार बिहान सवा ९ बजेतिर गाडीले स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख ४२ वर्षीय रेवा रावतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभएको हो । सुकौराबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको

प्र।२(००१ प–१६७९ नम्बरको स्कुटीलाई तुलसीपुर उपमहानगरपालिका–५ स्थित सुकौरा रोड पानी ट्यांकी नजिकै ठक्कर दिएको हो । घाइते भएका स्कुटी चालक तुलसीपुर–५ बस्ने ४२ वर्षीय शंकर रेग्मी र उहाँको ४ वर्षीया नातिनी प्रिन्स बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभएको हो । रेग्मीको दायाँ खुट्टामा सामान्य चोट लागेको छ भने नातिनीको टाउको, छाती, मुख र निधारमा चोट लागेको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न कार चालक तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख ४२ वर्षका रेवा रावतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।



