दोर्ण के.सी.
तुलसीपुर १८ मंसिर ।
राष्ट्रिय हात्तीपाईले रोग निवारण सम्बन्धि IDA IMPACT SURVEY (IIS–I) वडा स्तरीय अभिमुखीक्षरण गोष्ठी तुलसीपुर–३ वडा कार्यालयमा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका –३ वडाका कार्यबाहक अध्यक्ष कर्ण बहादुर बुढाको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । तुलसीपुर उपमहानगरपालिकाकाका विभिन्न वडा नम्बरहरू क्रमशः १, ३, ५, ६, ७, ८, ९, ११, १२, १४, १६, १८ र १९ मा प्रत्येक वडाहरूबाट १ सय ५ जना गरि सम्पूर्ण वडाहरूबाट १४ सय ७० जनामा हात्तीपाइले रोग परिक्षण गरिने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित रानागाउ नगर स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख जिवन खड्काले जानकारी दिनुभएको हो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा, मकवानपुर तथा स्वास्थ्य कार्यालय दाङले सञ्चालन गर्न यस कार्यक्रमले वडामा हात्तीपाइले रोगको अवस्था पहिचान गर्न प्रत्येक वडा भित्रका १ सय ५ जनाको रगत परिक्षण गरि हात्तीपाईले रोग लागे नलागेको पत्ता लगाउने बताएको छ ।

बिगत १३ वर्षदेखि प्रत्येक वर्ष हात्तीपाईले रोग विरुद्धको ओैसधी खुवाइएकोमा त्यसको नतिजा र जिल्लामा हात्तीपाईले रोगको अवस्था मुल्यांकन गर्न दाङलाई २ भागमा विभाजन गरी सर्भे गर्न थालिएको मंगलबार तुलसीपुर उपमहानगरपालिका –३ वडाका कार्यबाहक अध्यक्ष कर्ण बहादुर बुढाको अध्यक्षतामा सम्पन्न राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धि सर्वे कार्यक्रमको वडास्तरिय अभिमुखिकरण गोष्ठीमा स्वास्थ्य कार्यालय दाङका हात्तीपाइले रोग निवारण फोकल पर्सन तथा सहजकर्ता शंकर भण्डारीले यस्तो जानकारी दिनुभएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ स्थित रानागाउ नगर स्वास्थ्य केन्द रानागाउ्रका कार्यालय प्रमुख जिवन खड्कले सञ्चालन गरेको कार्यक्रममा थर्कोट त्रैमासिकका प्रकाशक तथा THARKOT.COM.NP का प्रवन्धक दोर्ण केंसीं, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर –३ का वडा सदस्य राज्न्द्र गुरुङ, महिला स्वास्थ्य स्वयंसेविकाहरु कृष्णी गौतम, बागमती गुरुङ, सावित्री गुरुङ, खिउरी कुमारी खड्का, हरिकला बुढा, बालकुमारी पुन लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds