










दोर्ण के.सी.
तुलसीपुर ४ कार्तिक
हामीहरूले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई माथिल्लो तलासम्म पुग्नलाई सहजता होस् भनेर पालिकामा लिफ्टको व्यवस्था गरेका थियौं । तर लिफट उद्घाटन भएको एक साता बित्न नपाउँदै प्रयोग बिहीन भएको छ । यसरी लिफ्ट प्रयोग बिहीन भएपनि पालिकामा आफ्नो कामले आउने अपाङग्ता भएका व्यक्तिहरू र जेष्ठ नागरिकले सास्ती खेप्नु परेको देख्दा पालिका समेत पिडामा परेको छ । यो भनाई हो तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको । उहाँ भन्नुहुन्छ, पालिकाले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई सहज रूपमा सेवा प्रदान दिने उदेश्यले लिफटको व्यवस्था गरेका थियौं तर विद्युतको भोल्टेजको लागि सम्बन्धीत निकायले समयमै चासो नदिएको यस्तो समस्या खेप्नु परेको बताउनुभएको थियो । अब छिटै सम्बन्धीत निकायसँग समन्वय गरेर विद्युत भोल्टेजको मात्रा बढाएर छिटै लिफ्ट सञ्चालन गर्ने बताउनुभएको छ ।


तुलसीपुर उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूलाई सेवा दिने उद्देश्यले २०८१ असार ३१ गते तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले उद्घाटन गरेका थिए । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख खड्काले उद्घाटन गरेको लिफ्ट एक साता नहुँदै बन्द भएको थियो । लिफ्ट बन्द भएको साढे तिन महिना हुँदा पनि सम्बन्धीत निकायले चासो नदिदा लिफ्ट सञ्चालनमा नआएपछि अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरू सास्ती खेप्न बाध्य भएकाछन् । यसै प्रसङ्गमा तुलसीपुर अपाङगता अध्ययन केन्द्र तु–७ कालाखोलाका सदस्य सचिव तथा व्यवस्थापक यज्ञ बहादुर बिश्वकर्माले पालिकाले हामी जस्ता अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूका लागि लिफ्ट तय गर्दा सेवा पाउने आशामा थियौं । अब सहज रूपमा पालिकाका सबै ठाउँहरूमा पुगेर आफ्ना कामहरू गर्न पाउँदा


खुशी भएका थियौं तर लिफ्ट उद्घाटन भएको एक सातामै बन्द हुँदा सहज रूपमा सेवा पाउने आशा निरासामा परिणत भएको छ । उहाँ भन्नुहुन्छ म त आज काम परेर पालिकामा पुगेको थिए । म अपाङ्गता भएकै कारणले लिफ्टबाट नगर प्रमुख कहाँ पुगेर आउनु पर्यो भनेर लिफ्ट नजिक पुगेको थिए, तर पालिकाको सोधपुछ कक्षमा बसेका कर्मचारीले तपाई कहाँ जान लाग्नु भएको हो लिफ्ट बन्द भएको पौने चार महिना भई सक्यो । यो लिफ्ट सञ्चालनमा ल्याउँदा कार्यालयका सम्पूर्ण कम्प्युटरहरूद्वारा हुने सम्पूर्ण सेवाका कार्यहरू बन्द हुन्छन् । भोलटेजको कमिका कारण लामो समय लिफ्ट बन्द हुँदा पनि सम्बन्धीत निकायले चासो नदिएकै कारण लिफ्ट पालिकाले प्रयोगको नाममा देखाउनको लागि राखेको जस्तै भएको छ भनेर भनेपछि म नगर प्रमुखको कार्यालयमा जान लागेको मान्छे फर्किन बाध्य भएको हुँ । यसरी अपाङ्गता भएका व्यक्तिहरू तथा

जेष्ठ नागरिकहरूका लागि सञ्चालनमा ल्याउने उद्देश्यले तय गरेको लिफ्ट उद्घाटन भएर एक साता बित्न नपाउँदै बन्द भएपनि अपाङ्गता भएका व्यक्तिहरूले शारिरीक तथा जेष्ठ नागरकहरूले मानसिक सास्ती खेप्न बाध्य भएका छौं । यदि पालिकाले अपाङ्गता भएका व्यक्तिहरू तथा जेष्ठ नागरिकहरूका लागि सञ्चालनमा ल्याउने उद्देश्यले तय गरेको लिफ्ट हो भने पालिकाले सम्बनधीत सरोकारवाला निकायसँग ट्रान्स मिटरमा भोल्टेजको मात्रा बढाएर लिफ्ट सञ्चालनमा ल्याएमा सबैलाई अपनत्व हुने थियो भनेर थर्कोट अन्लाइनलाई बताउनुभएको थियो । सो धारणा अपाङ्ग सुधार केन्द्रका कार्यालय प्रमुख हुमकान्त

कँडेलले अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई लिफ्ट पिडा दिनलाई राखिएको हो कि सेवा दिनलाई यदि सेवा दिनलाई हो भने पालिकाले सम्बन्धीत सरोकारवाला निकाय समक्ष समन्वय गरि लिफ्ट सञ्चालनमा ल्याएमा एकदमै उत्तम हुने धारणा राख्नुभएको थियो । यता पालिकाका नगरप्रमुख खड्काले तुलसीपुर उपमहानगरपालिकाले अपाङ्गता भएका

व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई लिफ्ट सेवा दिनलाई राखिएको हो । लामो समयसम्म सञ्चालनमा ल्याउन नसकनु पालिकाको कमजोरी हो । अब पालिकाले छिटै सम्बन्धीत सरोकारवाला निकायसँग समन्वय गरि लिफ्ट सञ्चालनमा ल्याई अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई सेवा दिने प्रतिबद्वता व्यक्त गर्नुभएको थियो । यसप्रति पालिकाले अपाङ्गता भएका व्यक्तिहरू र जेष्ठ नागरिकहरूलाई लिफ्टद्वारा सेवा प्रदानका लागि समयमै चासो लिन सके एकदमै उत्तम हुने थियो ।



