तुलसीपुर, ११ असार । दाङको तुलसीपुरमा सर्पको टोकाइबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर बासगडी निवासी ५५ वर्षिय पारु चौधरी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार आफ्नै बारिमा घाँस काट्ने क्रममा आज दिउँसो ३ बजेको समयमा नाम नखुलेको सर्पले बायाँ हातमा टोकेको हो । सर्पको टोकाइबाट बिरामी परेका चौधरीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको भएपनी आज राती ८ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds