तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट के.सी. घाईते

Byदोर्ण के.सी.

२८ मंसिर २०८०, बिहीबार १७:०७ २८ मंसिर २०८०, बिहीबार १७:०७ २८ मंसिर २०८०, बिहीबार १७:०७

दाङ,२८ मंसिर ।

माेटरसाईकलकाे ठक्करबाट तुलसीपुरमा एक जना महिलाघाईते भएकी छन । घाईते हुनेमा तुलसीपुर १५ पहेलपारका  ३७ वर्षिय राधा केसी रहेकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता नबचन्द्र मल्लले जानकारी दिनुभयाे ।तुलसीपुर उपमहानगरपालिका १८ बिजौरीदेखि कोठरी तर्फ जाँदै गरेको नम्बर नखुलेको मोटर साईकलकाे  ठक्करबाट केसी घाईते हुनुभएकाे थियाे ।घाईते केसीकाे टाउको र ढाडमा भित्रि चोट लागेकाे छ । राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा  प्राथमिक उपचार पछी अहिले तुलसीपुर  सिटी अस्पताल तुलासीपुरमा उपचार भईरहेको छ ।मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य जारी रहेकाे प्रहरीले जनाएकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds