


थर्कोट समाचारदाता
तुलसीपुर ३ मंसिर
तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रा ७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गा.पा. ५ बस्ने बर्ष २८ को अमृत के.सी. रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएकाछन्। प्रहरीका अनुसार तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा ४ प ८४६४ मोटरसाइकल र घोराही देखि तुलसीपुर तर्फ आउदै गरेको रा ७ प ६५५४ नम्बरको मोटरसाइकल ग्वार खोला नजिकै एकआपसमा ठोक्किदा दुर्घटना हुँदा सो घटना भएको हो । दुर्घटनामा परि गम्भीर घाइते भएका के.सीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारकै क्रम ज्यान गएको प्रहरीले जनाएको छ । रा ४ प ८४६४ नम्बरको मोटरसाइकल चालक सल्यान सारदा नगरपालिका १ श्रीनगर बस्ने वर्ष २४ को दिनेश बुढाथोकी र पछाडी सवार सोही ठाँउ निवासी वर्ष २४ को कमल के.सी. सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
