दाेर्ण के.सी.
तुलसीपुर २५ चैत
दाङको तुलसीपुर –७ डाँडापातुमा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । १९ नं. बाहिनी अड्डा तुलसीपुरबाट सेनानी रामभक्त आचार्यको कमान्डमा गएको ९ जनाको टोलीले उक्त बमलाई निष्कृय पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभएकाे हाे ।  दिउँसो चार बजे भेटिएको प्रेसर कुकर बमलाई सेनाले ६ः४० बजे निष्कृय पारेको हो । डिस्पोज गर्दा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । तुलसीपुरमा क्षेत्रमा विभिन्न समयमा आतङ्कित बनाउन यस्ता नक्कली प्रेसर कुकर बमहरू राख्ने गरिएको छ । केही समय अघि तुलसीपुरको मदन आश्रित चोकमा खतरा लेखेर राखिएको स्थानमा झोलामा टालामात्रै भेटिएका थिए । उक्त शङ्कास्पद बस्तु कसले राखेको र किन राखेको भन्ने नखुलेकोले र थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । कुनै व्यक्तीले रिसीका कारण त्रसाउनका लागि बम भनेर राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds