थर्कोट समाचारदाता
तुलसीपुर, ३ मंसिर ।
दाङको तुलसीपुरमा आज बसमा चढ्ने क्रममा लडेर एकजना घाइते भएका छन । घाइते हुनेमा तुलसीपुर–७ का अन्दाजी ३५ वर्षिय माधव नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । उहाँका अनुसार तुलसीपुरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४२९ नम्बरको बसमा घोराही–तुलसीपुर सडकखण्ड अन्र्र्तगत तुलसीपुर–६ घोराही रोडमा चढ्ने क्रममा आज साँझ ५ बजेको समयमा नेपाली बसबाट लडेर घाईते भएका हुन् । बसबाट लडेर घाइते भएका नेपालीको राप्ती पादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस सहित चालक तुलसीपुर–१२ का ३८ वर्षिय सुरज भण्डारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds