तुलसीपुरमा जिप दुर्घटना: दुईको मृत्यु,तीन गम्भीर घाइते

Byदोर्ण के.सी.

१० कार्तिक २०८१, शनिबार ०२:१० १० कार्तिक २०८१, शनिबार ०२:१० १० कार्तिक २०८१, शनिबार ०२:१०


दाङ, १० कात्तिक ।
तुलसीपुर उपमहानगरपालिका-३ सातताले नजिकै जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ भने तीन जना गम्भीर घाइते भएका छन् । राेल्पाकाे काेइलाबाट तुलसीपुरतर्फ आँउदै गरेकाे रा १ ज ८२२ नम्बरकाे डबल क्याप जिप दुर्घटनामा दंगीशरण गाउँपालिका-४ का २२ वर्षका चालक हिरामणी बुढामगर र जिपमा सवार कपुरकोट गाउँपालिका-६, सल्यानका १९ वर्षीय सुरेश खड्का रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयाे।

दुर्घटनामा मृत्यु भएका २२ वर्षिय जीपचालक हिरामणि बुढामगर
दुवैजनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा बिहान साढे ६ बजे मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो। जिप दुर्घटना भएकाे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव निरीक्षक (डिएसपी) अनिल ठकुरीकाे नेतृत्वमा १२ जनाकाे टाेली तत्काल घटनास्थलमा उद्धारका लागि खटिएकाे थियाे। जिप सडकदेखि करिब तीन सय मिटर तल खसेकाे छ भने तीन जना गम्भीर घाइते भएका छन्।
गम्भीर घाइतेहरूकाे अवस्था
१. देवा वली (३१ वर्ष), कपुरकोट-६, सल्यान – बायाँ खुट्टा भाँचिएकाे, छाती, कम्मर र टाउकाेमा गम्भीर चोट

२. महेश वली (१३ वर्ष) – देवा वलीकाे छाेरा, छाती, पेट, कम्मर र दुबै हात-खुट्टामा चाेट

३. जिवन वली (१० वर्ष) – देवा वलीकाे छाेरा, टाउकाे, मुख र पेटमा चाेट
घाइतेहरूकाे अवस्था गम्भीर भएकाेले थप उपचारका लागि नेपालगंज बाँकेकाे नर्सिङ हाेममा रिफर गरिएकाे छ।
दुर्घटनाकाे कारणबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds