थर्कोट समाचारदाता
तुलसीपुर, ३ फागुन ।
दाङको तुलसीपुरमा जंगली भेरीको टोकाईबाट ५ जना विरामी भएका छन् । विरामी हुनेमा तुलसीपुर–४ खाद्रे निवासी भिम बहादुर बुढाकी श्रीमती २३ बर्षीया भिमा बुढा उहाँकी जेठी श्रीमतीका छोरा ११ बर्षीय बिवश बुढा, सोही ठाँउकै २८ बर्षीया सिता गिरी, उहाँकी ९ बर्षीया छोरी आयुसा गिरी र ५ बर्षीय छोरा आयुस गिरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको थियो । प्रहरीका अनुसार शनिबार दिउँसो १२ बजेको समयमा खेतमा पानी सिचाई गर्ने क्रममा ठुलो संख्यामा जंगली भेरीले उनीहरुलाई टोकेको हो । भेरीको टोकाईबाट विरामी परेका ५ जना मध्य भिमाका आमाछोरालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नेपालगञ्ज रिफर गरिएको छ भने अन्यको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमै उपचार गरि पुनः थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको अस्पतालले जनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds