तुलसीपुर, ३ भदौ । दाङको तुलसीपुरमा बन्दै गरेको घरको २ तला माथीबाट खस्दा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तसलीपुर–७ मोतिपुर निवासी ३० वर्षीय गणेश चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । सोही ठाउँकै दिपा खत्रीको घर बनाउने क्रममा आज बिहान साढे ८ बजेको समयमा चौधरी २ तला माथीबाट लडेर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी भेरी अस्पताल नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds