तुलसीपुरमा इनारबाट छबिलाल वलीको उद्धार

Byदोर्ण के.सी.

१५ असार २०८१, शुक्रबार १६:४३ १५ असार २०८१, शुक्रबार १६:४३ १५ असार २०८१, शुक्रबार १६:४३

थर्कोट समाचारदाता
तुलसीपुर, १४ असार ।
दाङको तुलसीपुरमा इनार सफा गर्ने क्रममा फसेका एकजनाको उद्धार गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा स्थित छविलाल वलीको घरमा इनार सफा गर्ने भनेर इनारमा पसेका तुलसीपुर–१५ का अन्दाजी ५०र५१ वर्षीय प्याउला थारु इनारमै फसेको अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो सवा १ बजेको समयमा इनार सफा गर्ने क्रममा फसेको चौधरीको इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको विपत व्यवस्थापनको १४ जनाको टोलीले उद्धार गरेको हो । उनको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds