तुलसीपुरमा अटो दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

Byदोर्ण के.सी.

३१ भाद्र २०८०, आईतवार १४:२९ ३१ भाद्र २०८०, आईतवार १४:२९ ३१ भाद्र २०८०, आईतवार १४:२९

तुलसीपुर ३१ भदौ
दाङको तुलसीपुरमा फोर्स गाडीले अटोलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएकाछन्। आईतवार बिहान साढे ९ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ नं. वडाको नजिकै स्टार बोर्डिङ चोकमा नेपालगञ्जदेखि रुकुम तर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले डोक्रेनाबाट रक्षाचौर तर्फ जाँदै गरेको रा १ ह ४४५९ को अटोलाई पछाडिबाट ठक्कर दिदा ५ जना घाइते भएका थिए। गम्भीर घाईते भएका तुलसीपुर १६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिएका छन ।
घाईते हुनेहरुमा तुलसीपुर १६ डोक्रेनाका १८ वर्षीया अन्जु डाँगी,११ बर्षीया बर्षा बस्नेत,६ बर्षीया श्रृष्टी बस्नेत र अटो चलाक तुलसीपुर ६ गोलौराका ५७ वर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएका छन। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ । साथै घटना बारे थप अनुसन्धान भैरहेको अस्पताललाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds