तुलसीपुर, १३ श्रावन ।  दाङको तुलसीपुरमा अटोको ठक्करबाट एक बालिका गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा तुलसीपुर–१० गोलौरा निवासी १६ वर्षीया ललिता बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।प्रहरीका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ६६०६ नम्बरको अटोले तुलसीपुर–१२ रजेना मन्दिर नजिकै बालिकालाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकी बालिकालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी तुलसीपुरकै सिटि हस्पिटलमा रिफर गरिएको र अटोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds