तुलसीपुर, १ माघ ।  दाङको तुलसीपुरमा रहेको एक गोदाममा लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिकमा प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानियको सहयोगमा नियन्ञणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

आगलागी भएको झन्डै एक घण्टा भन्दा धेरै समयपछी नियन्त्रणमा आएको हो । आगलागीबाट गोदममा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो । क्षेतीको पुर्ण विवरणसँगै आगलागीको कारण खुल्न बाकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds