तुलसीपुरमा ६ दिन विद्युत सेवा अबरुद्ध हुने

Byदोर्ण के.सी.

५ कार्तिक २०८१, सोमबार १६:१५ ५ कार्तिक २०८१, सोमबार १६:१५ ५ कार्तिक २०८१, सोमबार १६:१५

थर्कोट समाचारदाता
तुलसीपुर, ५ कात्तिक । तुलसीपुरमा ६ दिनसम्म विभिन्न स्थानहरूमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । आज सोमबारदेखि कात्तिक १० सम्म विद्युत सेवा अबरुद्ध हुने तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार ३३ केभी लाइन र ११ केभी फिडरहरुमा मर्मत गर्नुपर्ने भएकाले विहान ९ बजेदेखि साँझ ५ बजेसम्म अबरुद्ध हुने बताउनुभएको हो । फुलवारी,बाघमारे, बालापुर, मानपुर, भमके, कपुरकोट लगायतका स्थानमा विद्युत सेवा अबरुद्ध हुने भएको छ । मर्मत कार्य सकिएमा निर्धारित समयभन्दा अघि पनि विद्युत सुचारु गर्न सकिने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds