तुलसीपुर, मंसिर २१ गते।
दाङको तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले पुलको शिलान्यास गर्नुभएको छ । टीकरी र चन्द्रगन्ज दुई गाउँलाई जोड्ने गरि चमि खोलामा निर्माण गर्न लागिएको पुलको एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो । पुल निर्माणले दुई गाउँका स्थानीयलाई आवत जावतमा सहज हुने बताउँदै मेयर खड्काले निर्माण कार्यको गुणस्तरीयताका लागि स्थानीयले बेला बेलामा अनुगमन र खबरदारी गर्नुपर्ने बताउनुभयो ।

२ महिना भित्र निर्माण कार्य पुरा गर्नेगरी ५६ लाख लागतमा निर्माण गर्न लागिएको पुलको लम्बाइ १० मिटर र चौडाइ ८ मिटर रहेको तुलसीपुर उपमहानगरपालिका इन्जिनियर पवन योगीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रम तुलसीपुर उपमहानगरपालिका धर्मराज वलीको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds