थर्कोट समाचारदाता
तुलसीपुर १० बैशाख
दाङको तुलसीपुरमा विद्यार्थी बोकेको स्कुल बसले ठक्कर दिदा स्कुटीमा सवार एक जना गम्भिर घाइते भएका छन् । यसरी घाईते हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बस्ने १७ वर्षीय कृष्ण वली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिएका छन् । दिउँसो ४ बजेको समयमा गोलौरा चोकबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ क ११२२ नम्बरको डिभाईन टेम्पलको बसले तुलसीपुर बाट गोलौरा तर्फ जाँदै गरेको रा ४ प् १९५३ नम्बरको स्कुटी लाई ठक्कर दिंदा स्कुटीमा सवार वली गम्भिर घाईते भएका हुन् । घाईते वलीको निधारको हड्डी भाँचिएको छ भने बायाँ हात,छाती र नाकमा भित्री चोट लागेको छ । स्कुल बस तुलसीपुर ६ मा रहेको डिभाईन टेम्पल नामक एक बोर्डिंङ स्कुलको बस रहेको इहलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक रानाले जानकारी दिनुभएको हो । दुर्घटनामा परी गम्भिर घाइते भएका वलीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागी नर्सिङ होम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेको उपचारमा विद्यालयका प्रिन्सिपल भोजराज न्यौपाने र दिदि बालिका वली संलग्न रहेको र ठक्कर दिने बससहित चालक तुलसीपुर–६ का ढुन्डिराज बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds