डा.स्वर्णीम वाग्ले भोलि दाङ आउने

Byदोर्ण के.सी.

९ पुष २०८०, सोमबार १५:१८ ९ पुष २०८०, सोमबार १५:१८ ९ पुष २०८०, सोमबार १५:१८

दाङ, ९ पुस । अर्थविद् तथा सांसद डा.स्वर्णीम वाग्ले दाङ आउने हुनुभएको छ । रिपोर्टर्स क्लब लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरले दाङको तुलसीपुरमा आयोजना गर्न लागेको बदलिदो अर्थतन्त्रको बारेमा व्यवसायीक अर्थ संम्वाद कार्यक्रममा सहभागी हुन् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष समेत रहनुभएका डा. वाग्ले दाङ आउन लाग्नु भएको हो ।

मंगलबार हुन लागेको अर्थ संम्वाद कार्यक्रममा लुम्बिनी प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसी, नेपाल चार्टर एकाउण्टेन्स संघ ऐक्यानका पूर्वअध्यक्ष सिए भरत रिजाल, नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण शर्मा लगायतले अर्थ संम्वाद कार्यक्रममा भाग लिने कार्यक्रम तय भएको रिपार्टर्स क्लब लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयो ।कार्यक्रम तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा दिउँसो २ बजे देखि हुनेछ । अर्थ संम्वाद कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश, तुलसीपुर उद्योग वाणिज्य संघ, दाङ जिल्ला उद्योग वाणिज्य संघ र लमही उद्योग वाणिज्य संघको सहकार्यमा कार्यक्रम हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds