थर्कोट समाचारदाता
तुलसीपुर २१ मंसिर
डक्टर कहाँ उपचारका लागि अस्पतालसम्म पुगेका बिरामीहरू डक्टर नपाएपछि घरतर्फ फर्किएका छन् । यो शव्द सुन्दा जो सुकैलाई पनि अचम्म लागन सक्छ । भन्छन् मानिसहरू के अस्पतालमा डक्टर थिएन् त ? ढक्टर नभएको पनि अस्पताल हुन्छ त ? अस्पतालमा डक्टर नहुने भएपनि अस्पताल किन र केसका लागि खोलिएको हो ? यस्ता प्रश्नहरू जनतामा उठ्ने स्वाभाविकै हो । हो यस्तै भएको छ दाङको तुलसीपुरमा रहेको एक अस्पतालको कहानी । यो कहानी हो राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको । यो कुरा मंसिर २१ गते शनिबारकोे हो । विगतको समयमा यस अस्पतालमा यस्ता कुराहरू आईनै रहन्थे तर यस पटक भने अस्पतालमा भिडियो एक्सरेका डक्टर नै भेटिएन्न् । जुन दिन टाढा–टाढाबाट डेलिभरीका महिला सहित अन्य अरू बिरामीहरू भिडियो एकसरेका लागि आएका थिए । बिरामीहरू डक्टरलाई भेटी भिडियो एक्सरे गराई रोगको निदान पश्चात उपचार पाएर स्वस्थ निरोगीकासाथ घर फर्किने उद्देश्यका साथ अस्पतालमा आएका बिरामीहरू भिडियो एक्सरेका डक्टरलाई नभेट्दा लामो समयको पर्खाई पश्चात रोगलाई बोकेर निरास हुँदै घर तर्फ फर्किएका थिए ।
किन फर्किए त बिरामीहरू घरतर्फ यस्तो छ कहानी ।
एकजना डेलीभरीकी बिरामी भन्छिन् ः म डेलिभरीको चेक गराउन बिहीबार अस्पतालमा आएकी थिए । मलाई अस्पतालमा आज ढिला भयो शुक्रबार आउनु भनेर पठाउनु भयो । म शुक्रबार समयमै हतार–हतारमा अस्पतालमा आए तर भिडियो एक्सरेको डाक्टरलाई सोध्दा आउनुभएको छैन् भन्ने सुने । म १० किलोमिटर टाढाबाट तै पनि डेलिभरीको बिरामी अटो प्रयोग गरेर आएकी थिए तर डक्टर नै नपाउँदै म निरास भएर घर फर्किएकी थिए । यि महिला त यस समाचार तयार पार्दासम्मकी एक पात्र मात्र थिईन् । उनी जस्तै थुर्पै बिरामीहरू भिडियो एक्सरेको डक्टरलाई नभेटदा घर तर्फ फर्किएको THARKOT.COM.NP लाई बताएका थिए । हामीले बिरामीहरूलाई सेवा दिलाउन सकिन्छकी भनेर तत्कालै अस्पतालका मे.सु. डक्टर पदमराज अधिकारीलाई सम्पर्क गरेका थियौं ।
के भन्नु भयो त अस्पतालका मे.सु. डक्टर पदमराज अधिकारीले
THARKOT.COM.NP बाट हामीले उहाँलाई ९८५५०६०३१८ मा कल गरेका थियौं । उहाँले अरू सबै सेवा छ तर भिडियो एक्सरेका डक्टर जय गुरूङ बिरामी हुनुहुन्छ । आज आउनुहुन्न भन्नु भयो । कहिले सम्म आउनुहुन्छ भनेर सोध्दा उहाँले सञ्चो भएपछि आउनुहुन्छ, आईतबार थाहा होला भन्नुभयो । उहाँ भन्नुहुन्छ हामीले भिडियो एक्सरेका लागि जय गुरूङलाई राखेकाछौ उहाँ बिरामी हुनुहुन्छ, यदि कुनै बिरामीले पर्ची काटेको भए सो पर्चीको पैसा फिर्ता हुन्छ भन्दै फोन काट्नु भयो ।

फेरी हामीले अस्पतालका डक्टर मे.सु.पदमराज अधिकारीलाई फोन गर्यौ तर उहाँले डक्टर जय गुरूङ बिरामी होईन घर बिदामा बस्नुभएको छ, डक्टर जय गुरूङ आउने आईतबार मात्र थाहा हुन्छ भन्दै फोन काट्नु भयो । ल हहेर्नुहोस् त राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको लापरबाही । भिडियो एक्सरेका डक्टर बिरामी भएको निहुँमा घरमा बसेको र हाललाई अस्पतालको निमीत्त मे.सु.को लागि डक्टर शिशिर पोख्रेललाई जिम्मा दिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डक्टर पदमराज अधिकारी भन्नुहुन्छ । यता बिरामीहरू भिडियो एक्सरेको सेवा नपाएर रहरले नभई बाध्य भएर रोगलाई मुटुमा सजाई मुत्युलाई हत्केलामा च्यापेर घर तर्फ फर्किनु परेको छ । टाढा–टाढाबाट सकि नसकी अस्पतालसम्म चेकगराउन आएका बिरामीहरूको समस्याप्रति को जिम्मेवारी बन्ने हो ? यसको संघीय सरकार, स्थानीय सरकारले तत्काल पहल थाली बिरामीहरूलाई सेवा दिन जरूरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds