दोर्ण के.सी.
तुलसीपुर, १५ जेठ ।
लामो समयपछि टरीगाउँ विमानस्थलले नयाँ अनुहार फेर्ने भएको छ । टरीगाउँ विमानस्थल विस्तारकालागि संघीय सरकारले बजेट विनियोजन गर्ने एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका र संघीय सरकारको दुबैपक्ष बिच सहमती भएपछि लामो समयपछि नयाँ अनुहार फेर्न सफल हुने भएको हो । टरीगाउँ विमानस्थलको विकास निर्माणका लागि संघिय सरकारसँग तुलसीपुर उपमहानगरपालिकाले पहल गरेपछि बजेट विनियोजन हुने भएको हो । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले टरीगाउँ विमानस्थल विस्तारका लागि आवश्यक बजेट विनियोजन गरेको बताउनुभएको थियो । विमानस्थल विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति नै बनाएको थियो । विमानस्थल विस्तारका लागि उपमहानगरले कपास विकास समितिको जग्गा नागरिक उड्यन प्राधिकरणका नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइसकेको छ । हामीले नीतीगत रूपमै पहल गरेपछि सरकारले टरीगाउँ विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेको हो । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले अब केहि समयपछि विमानस्थल विस्तार हुन्छ र निकट भविष्यमै नियमीत उडान हुनेछ । आफ्नो अथक प्रयासपछि विमानस्थल विस्तारका लागि बजेट परेको भन्दै उपप्रमुख चौधरीले खुसी व्यक्त गर्नुभएको थियो । यसैबीच तुलसीपुर उपमहानगरपालिकाले विमानस्थल विस्तारका लागि बजेट विनियोजन गरेकोमा अर्थमन्त्री पुनलाई धन्यवाद समेत ज्ञापन गरेको छ । नगरप्रमुख खड्काले आज वक्तव्य जारी गर्दै विमानस्थल विस्तारको अभियानमा साथ दिने उद्योग बाणीज्य संघ, चेम्बर अफ कमर्स र नागरिक समाजप्रति आभार व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds