



थर्कोट समाचारदाता
साउन २०, दाङ ।
तुलसीपुरको ज्ञान ज्योति माध्यमिक विद्यालयले यस वर्षको कक्षा–१२ को नतिजामा दुई तहमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम बनेको विद्यालयले विज्ञान संकायतर्फ नेपाल प्रथम भएको दाबी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विज्ञान संकायका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गर्दै नेपालभर प्रथम स्थान सुरक्षित गरेका विद्यालयका भाइस–प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिनुभएको थियो ।

व्यवस्थापन संकायतर्फ भने विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिए सहित दाङ जिल्ला प्रथम स्थान हासिल गर्नु भएको थियो । विद्यालयका सिइओ सुरेन्द्र जिसीका अनुसार कुशल नेतृत्व, सबल व्यवस्थापन, अनुभवी शिक्षक–शिक्षिकाको साथ र विद्यार्थीको अनुशासित तथा लगनशील मेहनत नै विद्यालयको निरन्तर सफलताको आधार भएको बताउनुभएको थियो । ज्ञान ज्योति माध्यमिक विद्यालयले वि.वि.ए., वि.ए.सी . सीएसआईटी, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए.संकायमा अध्ययन गराउँदै आएको छ। पश्चिम नेपालमै उच्च व्यवस्थापन सहित सञ्चालन हुने प्रतिष्ठित शिक्षालयका रूपमा विद्यालय परिचित विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताउनु भएको थियो ।
