









दोर्ण के.सी.
दाङ, २६ चैत ।
ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले मंगलबार एक कार्यक्रमका बिच विदाई कार्यक्रम गरिएको छ । कक्षा ११ का विद्यार्थी विविध सेजुवालको अध्यक्षता तथा तुलसीपुर उपमहानरपालिकाका प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्देको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि पार्देले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । उहाँले जीवनमा निरन्तर सिकाई प्रक्रिया चलिरहने बताउँदै बिदाई भएर जाँदै गरेका विद्यार्थीले एउटा पहाड पार गरेपनि अझै धेरै पहाड पार गर्नुपर्ने भएकाले निन्तर अघि बढ्न शुभकामना दिनुभएको थियो ।
ज्ञानज्योति माविले विभिन्न विधाको अध्यापन गराउँदै दाङबाट बाह्य जिल्लामा अध्ययन गर्न जानुपर्ने बाध्यताको अन्त्य गरेको बताउनुभएको थियो । उहाँले ज्ञानज्योतिले छिटै स्नातकोत्तर तहको अध्यापन सञ्चालन गरेर शिक्षा आर्जनका लागि थप सहज वातावरणसँगै तुलसीपुरलाई शिक्षाको हब बनाउने बताउनुभएको थियो । कक्षा ११ मा अध्ययनरत विद्यार्थीको आयोजनामा भएको कार्यक्रम भएको हो । त्यस अवसरमा चर्चित गायक तथा नायक प्रकाश सपुतले विभिन्न गितहरु गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।ज्ञानज्योति माविका अंग्रेजी शिक्षक मनोज केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गर्नुभएको हो । विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विदाई कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए भने क्षा ११ का विद्यार्थीहरूले सम्मानस्वरूप मायाको चिनो प्रदान गरेका छन् ।


