दोर्ण के.सी.
तुलसीपुर,१९ पुस ।
दाङको तुलसीपुरस्थित ज्ञानज्योति फाउन्डेसनले व्यवस्थापन शिक्षाको उच्च तहको कोर्स ‘मास्टर अफ बिजनेस एड्मीनिस्ट्रेशन’ (एमबिए) पढाइ सुरु गर्ने भएको छ । व्यवस्थापन क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थीहरूका लागि उत्कृष्ट शैक्षिक वातावरण तयार पार्ने लक्ष्यका साथ ज्ञानज्योति फाउन्डेसनले एमबिए पढाउने भएको हो । फाउन्डेसनका सिइओ सुरेन्द्र जिसीले नयाँ शैक्षिक कार्यक्रम एमबिएमार्फत विद्यार्थीहरूलाई व्यावसायिक दक्षता प्रदान गरिने बताउनुभएको थियो । उहाँले एमबिए कार्यक्रमले व्यावसायिक क्षेत्रका मागहरूलाई सम्बोधन गर्दै उत्कृष्ट पेशागत क्षमता विकासमा योगदान पुर्याउने बताउनुभएको थियो । उहाँले विद्यार्थीलाई सहजताका लागि प्रविधियुक्त कक्षा संचालन गर्ने बताउनुभएको थियो । विद्यार्थीलाई अनलाइनबाट पनि कक्षा दिन सक्ने भएकाले विद्यार्थीले जुनसुकै पेशा व्यवसायमा भएपनि अध्ययन गर्न सक्ने बताउनुभएको थियो ।उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने जनशक्ति उत्पादन गर्ने गरी फाउन्डेसनले एमबिए पढाउन थालेको बताउनुभएको थियो । उहाँका अनुसार फाउन्डेसनले दाङमै पहिलो पटक एमबिए पढाउने तयारी गरेको हो । एमबिए पढाई दुई वर्षमा पुरा हुने र चार वटा सेमेष्टरमा संचालन हुने सिइओ जिसीले बताउनुभएको थियो। कलेजले आज गरेको पत्रकार भेटघाट कार्यक्रममा कलेजका शैक्षिक संयोजक शरद गौतमले ज्ञानज्योतिलाई विश्वासिलो शैक्षिक थलोको रुपमा अघि बढाउन एमबिए कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । कलेज रिडर्सका सिइओ जीतेन्द्र घिमिरेले एमबिए कार्यक्रमले स्मार्ट जनशक्ति उत्पादन गर्ने बताउनुभयो । उहाँले हरेक क्षेत्रको पेशालाई मर्यादित बनाउन एमबिए पढ्न सकिने बताउनुभएको थियो । पत्रकार सम्मेलनमा एनआइसी एसिया बैंकका तुलसीपुर शाखा प्रबन्धक राजिब वली, सानिमा बैंक तुलसीपुुर शाखा प्रबन्धक प्रनिल भुसाल, सिद्धार्थ बैंक तुलसीपुर शाखा प्रबन्धक किरण आचार्य लगाएतले व्यावसायिक जनशक्ति उत्पादनमा एमबिए कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । यस्तै नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य सुशिल बस्नेतले व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गर्ने चाहाना बोकेका विद्यार्थीका लागि राम्रो अवसर रहेको बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका नयाँ पदाधिकारीलाई सम्मान गरिएको हो । पत्रकार सम्मेलनको सहजिकरण शिक्षक सन्तोष केसीले गर्नुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds