









थर्कोट समाचारदाता
सल्यान २२ मंसिर
तुलसीपुरको अरनिको मैदानमा सार्वजनिक शौचालय निर्माण हुने भएको छ । सरकारले अरनिको मैदानमा शौचालय निर्माण गर्न चासो नदिएपछि तुलसीपुर नगर जेसिजले शौचालय निर्माण गर्ने भएको हो । शौचालय निर्माणको आज शिलान्यास गरिएको छ । प्रतिनिधि सभा सदस्य दिपक गिरीले शौचालयको शिलान्यास गर्नुभएको हो । उहाँले शौचालय निर्माणमा तुलसीपुर नगर जेसिजले अग्रणी भूमिका खेलेकोमा प्रशंसा गर्नुभएको थियो । तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्ण बिक्रम डाँगीले मैदानमा शौचको समस्या रहेकोले जेसिजले शौचालय निर्माण गर्न थालेको बताउनुभएको थियो । उहाँका अनुसार ४५ दिनमा शौचालय निर्माण सकिनेछ । शौचालय निर्माण समितिका संयोजक मोहन सुनारले करिब १५ लाखमा शौचालयको निर्माण हुने बताउनुभएको थियो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष यमकान्त भण्डारीले शौचालयमा पानीको अभाव हुन नदिने बताउनुभएको छ।


