दाेर्ण केसी
दाङ, १८ भदौ । 
तुलसीपुर नगरजेसिजले वुवाको सम्मान गरेको छ । सोमबार एक कार्यक्रमकाे आयाेजना गरि जेसिजमा आबद्ध पदाधिकारी तथा सदस्यहरुका वुवालाई बोलाएर सम्मान गर्नुकासाथै आशिर्वाद लिएको हो । त्यस अवसरमा जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेलले बृद्धाश्रमहरु बन्द हुनुपर्ने बताउनुभएकाे थियने । उहाँले आफ्ना वुवाआमालाई बृद्धाश्रममा नभई घरमै हेरचाह हुनुपर्ने बताउनुभएकाे थियाे ।

साथै पछिल्लो समय विदेश जानेहरुको लर्कोले गर्दा आगामी दिनमा घरमा वुवाआमा मात्रै वेशाहारा भएर बस्नु पर्ने अबस्था पनि आउन सक्ने भन्दै यसमा पनि अबका युवाहरु सचेत ढंगले लाग्नु पर्ने बताउनुभएकाे थियाे । तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बक्ताहरुले तुलसीपुर नगर जेसिजमा वुवाको सम्मान गर्ने कार्यको सुरुवात भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए । वुवाको योग्दान र सम्मान मात्रै नभई वुवाहरुबाट धेरै सिक्नु पर्ने भन्दै यस्ता कार्यक्रमहरुले अनुभव साट्न टेवा पुग्ने बक्ताहरुको बताएका थिए । त्यस अवसरमा जेसिज तुलसीपुरका पूर्वध्यक्ष मघेराज घिमिरे, सूर्यप्रसाद शर्मा, नेत्रलाल भट्टराई, मोहन सुनार, निवर्तमान अध्यक्ष सालिकराम वली लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम संयोजक सुरज केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब कमलप्रकाश शर्माले गर्नुभएकाे थियाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds