





दाेर्ण के.सी.
तुलसीपुर ०६ फागुन ।
दाङको तुलसीपुर उपमहानगरपालिका –९ स्थित जीवनप्रेमी एजुकेयर एकेडेमीले बुधबार विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरी आफ्नो १८ औं वार्षिकोत्सव भव्य तथा सभ्य रूपले सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलसी कुमारी घर्तीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका –९ का वडा अध्यक्ष घनश्याम ढकालकाे प्रमुख आतिथ्यतामा साे कार्यक्रम सम्पन्न भएको हो ।

साे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कुबेर केसीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी दिनहरुमा शैक्षिक गुणस्तर कायम राख्दै विद्यालयले चालेका हरेक गतिविधिहरूलाई निरन्तरता दिदै जाने जानकारी दिनुभएको थियो

त्यस अवसरमा तुलसीपुर नगर जेसिजका अध्यक्ष कमलप्रकाश शर्मा, समाजसेवी लालबहादुर वली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियाे भने विद्यार्थीहरू जीवन धिताल र भावना खरेल लगायतले विद्यालयको प्रगतिको कामना गर्दै आ–आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियाे ।

वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा कलाकार कामना वलीको उत्कृष्ट सांस्कृतिक प्रस्तुति रहेको थियो भने विद्यार्थीले विभिन्न गितमा नृत्य प्रस्तुत गरेका थिए ।
शिक्षक मनिराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक मोतिराम भुषाल र शिक्षक मनोज सापकोटाले गर्नुभएको थियाे ।

