थर्कोट समाचारदाता
तुलसीपुर २९ फागुन
जिवनप्रेमी एजुकेयर एकेडेमी तुलसीपुरले सोमबार एक कार्यक्रमको आयोजना गरि १६औँ वार्षिक उत्सव, अभिभावक दिबश तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तुलसी कुमारी घर्तीको अध्यक्षता एंव तुलसीपुर उपमहमनगरपालिका वडा नं.–९ का अध्यक्ष घनश्याम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रिन्सीपल तिलक हमालको प्रतिवेदन मन्तव्य रहेको सो कार्यक्रममा हाम्रो पहुँचका प्रिन्सीपल डिआर भण्डारी, दाङ भ्यालीका प्रिन्सीपल तिलक साहु, शिवज्योती टोलका अध्यक्ष लाल बहादुर वली, समाजशेवी केशव वली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । विद्यालयकी शिक्षीका निर्मला बुढाथोकीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक मोतीराम भुषालले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds