









दाेर्ण के.सी.
दाङ ०१ फागुन
नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्ताेला कञ्चनले जनयुद्ध दिवस हिंसा हाेईन परिवर्तनको लडाई तथा आम नागरिकको स्वतन्त्रताको लडाई हाे । परिवर्तनको लडाई तथा आम नागरिकको स्वतन्त्रताको लडाईकाे विजेताका लागि सम्पूर्ण कामरेडहरु एकजुट हुन आबश्यक रहेकाे बताउनुभएको थियाे । बुधवार तुलसीपुरमा नेकपा (बहुमत) दाङले आयोजना गरेको दिपप्रज्वलन कार्यक्रममा पार्टीका महासचिव धर्मेन्द्र बास्ताेला कञ्चनले साे कुरामा जाेड दिनुभएको हो । उहाँले ले जनयुद्धको सपना पुरा हुनु भनेको शहिदको सपना पुरा हुन रहेको भन्दै जनयुद्धको सपना पुरा नभएको बताउनु भएकाे थियाे ।

जनयुद्धका सपना पुरा हुनु भनेको वर्गीय मुक्तिसँगै आम शोषीत पीडित, किसान, मजदुर, युवाहरुको सपना पुरा हुनु रहेको उहाँको भनाई रहेकाे थियो । त्यस्तै नेकपा (बहुमत)को नव निर्बाचित केन्द्रिय सदस्य सजकले दलित , महिला, किसान र मिटरव्याज पीडितका समस्या सम्वोधन नभए सम्म राज्यले दिने गोली, लाठी मृत्यु स्वीकार्य भएको तर यो दलाल संसदीय राज्य व्यवस्था स्वीकार्य नभएको बताएका छन् । पार्टीले अर्को जनयुद्धको तयारी गर्न लागेको बताउदै सामन्ती शासक र पैसा पावरका नाममा दलित ,गरीव, महिला दिदि बहिनीहरु माथि गरीएको अत्याचारका बिरुद्धमा पार्टी लड्ने बताउनुभएकाे थियाे ।

मिटरव्याजी सुतखोर दललाहरुका बिरुद्धमा अवाज उठाउँदै दलाल संसदीय राज्य व्यवस्थाको अन्त्य गर्दै बैज्ञानिक समाजबादी व्यवास्थाका लागि लड्नु भने सजकको भनाई थियो । नेकपा (बहुमत) दाङले ३० औँ जनयुद्ध दिवसको पुर्वसन्ध्यामा तुलसीपुर र घाेराहीमा दिपप्रज्वलन गरेकाे थियो । घोराहीमा केन्द्रिय सदस्य दिपक चलाउनेले सम्वोधन गर्नुभएकाे थियाे । तुलसीपुरको दिप्रज्वलनमा केन्द्रिय सदस्य नरेन्द्र बिक , केन्द्रिय सदस्य सजक लगाएको उपस्थीति थियो भने घोराहीको दिपप्रज्वलन कार्यक्रममा केन्द्रिय सदस्य तिलक पुन , केन्द्रिय सदस्य अतन्त, केद्रिय सदस्य राकेश लगाएको उपस्थीति रहेको थियो । कार्यक्रमको सहजिकारण युवा क्रान्तिकारी युवासंगठन नेपाल ५”नम्बर व्युराे ईञ्चार्ज भुवन रम्तेलले गर्नुभएको थियाे।



