ईश्वरी प्रसाद गैरे ,दाङ / फागुन १, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दाङ जिल्लाको आयोजनामा दाङको घोराहीमा २९ औ जनयुद्ध दिवस मनाएको छ। घोराहीको ट्राफिक चोकबाट ~र्याली सहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर परिक्रम गरि जुलुस तुल्सीपुर चोकमा पुगेर सभामा परिणत भयको थियो। सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सचिबालय सदस्य तथा पाँच नम्बर प्रदेश संयोजक क. अटलले २०५२ फाल्गुन १ गते एकात्मक सामान्ति राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त गरि नयाँ जनबादको स्थापना सहित बैज्ञानिक समाजबादको लक्षमा नपुग्दै मुख्य नेतृत्वले गलत बाटो अबलम्बन गर्न पुगेकाले सांसदिय भासमा फसेको,सत्ता र कुर्चीका लागि बैदेशिक शक्ति केन्द्रहरुको चाकडी गरेर बिभिन्न राष्ट्रघाती सम्झौता सदनबाट पास गराउन भूमिका खेलेका कारणले कम्युनिस्ट पार्टी प्रति जनतामा निराशा र आक्रोस बढेको, जनताको अपेक्षा अनुसार राज्य व्यबस्था चल्न नसकेको कुरा राख्दै दलालहरुलाई ठेगान लगाउन क्रान्तिकारी जनता सचेता पुर्बक जाग्नु पर्ने धारणा राख्नु भयो ।त्यस्तै पार्टीका केन्द्रिय सचिबालय सदस्य पाँच नम्बर प्रदेश सह-संयोजक तथा दाङ्ग जिल्ला इन्चार्ज क. समिरले नेपाली जनताको बलिदानी पूर्ण संघर्ष हजारौ शहीदहरुको शहादत हजारौ बेपत्ता योद्धाहरु र घाइते अपाङ्गहरुको त्यागबाट प्राप्त उपलब्धिहरुलाई रक्षा गर्दै जनयुद्धमा पराजित सांसदबादी शक्तिहरुले जनयुद्धलाई अपराधिकरण गर्न र उपलब्धिलाई न्युनिकरण गर्न खोजे, अदालतको बलमा प्रतिशोध साध्न खोजे फेरि जनताले बन्दुक उठाउने र त्यसको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्ने र आबश्यक परे फेरि पनि बलिदान गर्न तयार रहेको कुरा राख्दै जनतालाई निराश नहुन् आग्रह गर्नु भयो। कार्यक्रममा थारु राष्ट्रिय मुक्तिमोर्चा नेपाल का केन्द्रीय अध्यक्ष राम जि चौधरी , अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य दिपक बिष्ट ,लगाएतले मन्तब्य राख्नु भएको थियो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङका संयोजक तिलक बि क को अध्यक्षता सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य इश्वरी प्रसाद गैरे ले स्वागत तथा सचिबालय सदस्य गोपाल बैध्यले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds