









थर्कोट समाचारदाता
जुमलेकुला १९ मंसिर ।
दाङको जुमलेकुला स्थित शान्तिनगर गाउँपालिकाले सार्वजनिक स्थानमा जंक फुड (पत्रु खाना), धुम्रपान र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा रोक लगाएको छ । गाउँपालिकाको १५ औँ गाउँसभाले गाउँपालिका क्षेत्रका सार्वजनिक स्थान वरपर जंक फुड, सुर्तीजन्य पदार्थ र मदिराजन्य पदार्थ बिक्रीवितरण र सेवनमा रोक लगाउने निर्णय गरेको हो । सार्वजनिक क्षेत्र गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था तथा सबै विद्यालय वरपर रक्सि, चुरोट, गुटका, लागूऔषध र जंक फुट खान रोक लगाएको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभएको हो । शान्तिनगर गाउँपालिकाका अध्यक्ष बस्नेतका अनुसार सार्वजनिक स्थानमा जंक फुड, मध्यपान र धुम्रपानजन्य पदार्थ बिक्री वितरण रोक लगाइएको सूचना जारी गरिसकेको हुँदा नियम पालना नगर्नेलाई कानुन बमोजिम कार्बाही गरिने गाउँपालिकाले जनाएको छ ।



