चाडपर्वमा खर्चको मितव्ययिता अपनाउन विज्ञको सुझाव

Byदोर्ण के.सी.

२८ कार्तिक २०८०, मंगलवार ०५:५५ २८ कार्तिक २०८०, मंगलवार ०५:५५ २८ कार्तिक २०८०, मंगलवार ०५:५५

दाङ, २८ कार्तिक । प्रविधिको विकास, आर्थिक सम्पन्नता लगायतका कारण नेपालीहरूले मनाउने तिहार, छठ लगायतका ठूला पर्वहरू महङ्गो हुँदै गएका छन् । सम्पन्न व्यक्तिहरूले गर्ने अनावश्यक खर्चका कारण निम्न आर्थिक अवस्थाका व्यक्ति, परिवार र सदस्यहरू ऋण काढेर पनि खर्च गर्नुपर्ने अवस्थामा पुग्ने गरेको बिभिन्न अध्ययनहरूले देखाएका छन् ।

तिहारको बेलामा विशेषगरी, घर सजावट, यातायातका साधनको खरिद र खानपानमा अत्यधिक खर्च गर्ने परिपाटीको विकास हुँदै गएको भन्दै विज्ञहरूले परिवर्तनका लागि एकै व्यक्तिले भए पनि सुरुवात गर्नुपर्नेमा जोड दिएका छन् ।

चाडपर्वमा गर्ने तडकभडक रोक्ने कानुन भए पनि प्रभावकारी कार्यान्वयन नहुँदा समस्या बढेको अर्थ बिज्ञको भनाई छ । चाडपर्व मनाउने बारेमा घरपरिवारका सदस्य बीचमा छलफल भएमा अनावश्यक खर्च र ऋणको भारी बोक्न नपर्ने उनिहरुको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds