चट्याङले हान्दा छत्रेश्वरी गाउँपालिकामा ४ जना घाइते

Byदोर्ण के.सी.

९ फाल्गुन २०८०, बुधबार १६:४६ ९ फाल्गुन २०८०, बुधबार १६:४६ ९ फाल्गुन २०८०, बुधबार १६:४६

थर्कोट समाचारदाता
सल्यान ०९ फागुन
बुधबार साँझपख परेको चट्याङको कारण छत्रेश्वरी गाउँपालिकामा ४ जना घाइते भएको छत्रेश्वरी गाउँपालिकाका १३ का वडा अध्यक्ष जंग बहादुर बुढाले जानकारी दिनुभएको छ । यसरी घाईते हुनेहरूमा छत्रेश्वरी गाउँपालिका वडा नं ५ तिर्थपोले बस्ने शारदा नगरपालिका वडा नं १३ चलाउनेपानीका देवीलाल वस्नेतका १३ वर्षिय छोरा सुनिल वस्नेत, टिकाराम वस्नेतकी छोरी १७ वर्षिया जानकी वस्नेत गम्भीर घाइते हुनुभएको र उहाँहरुलाई शानपा १३ का वडा अध्यक्ष जंग बहादुर बुढा र अस्थायी प्रहरी पोस्ट स्यानीखालको टोलीले उद्धार गरेर उपचारको लागि जिल्ला अस्पताल सल्यान पठाएको छत्रेश्वरी गाउँपालिकाका प्रवक्ता तथा छत्रेश्वरी ५ का वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिनुभएको छ । चट्याङको कारण मनिसा बुढाथोकी र शुसिल बुढाथोकी पनि सामान्य घाइते हुनुहुन्छ । आज साँझ करिव पौने ८ बजेतीर उक्त घटना भएको बताइएको छ ।पालिकाले छत्रेश्वरीमा विपदबाट कुनै समस्या परेको भए ९८४१५९५११२ प्रवक्ता फौद बहादुुर बस्नेतमा सम्पर्क गर्न अनुरोध गर्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

???? ??????? ???????? ????? ??????? ???????? ??????? ????????? ?????????????? ?????? ?????? ?????? ? ???????? ???? ?????? ???????? ?????? ????? ? ? ? ???????????? ??????/????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds