घोराही–रक्षाचौरको बजेट अन्यत्र लिन दिदैनौंः मन्त्री मास्की

Byदोर्ण के.सी.

८ पुष २०८०, आईतवार १६:४९ ८ पुष २०८०, आईतवार १६:४९ ८ पुष २०८०, आईतवार १६:४९

तुलसीपुर,८ पुस/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले घोराही–रक्षाचौरकालागि छुटिएको बजेट अन्यत्र लैजाने गरि षडयन्त्र गरिएको भन्दै त्यसलाई सफल हुन नदिने बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं.४ को वडा भवन उद्घाटन गर्दै मन्त्री मास्कीले घोराही–तुलसीपुरको बैकल्पिक सडक भएकाले उक्त सडकको विस्तार आबश्यक रहेको बताए ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजना रुपन्देही अन्तर्गत परेको १४ करोड ४० लाख बजेटलाई अन्यत्र सार्नकालागि चलखेल भएपछि त्यसलाई आफूले अन्यत्र सार्न नदिने गरि गम्भीर ढंगले पहल लिएको बताए । हाल घोराही–रक्षाचौर सडकको घोराही खण्डमा करिब १० किलोमिटर कालोपत्रे भएको छ, भने अझै तुलसीपुर क्षेत्रमा अझै ११ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । सोही सडक धेरै पुरानो ट्रयाक रहेकाले कतै पुनः नयाँ ट्रयाक बनाउनु पर्ने स्थित छ, भने कतै नाली बनाउनु पर्ने अबस्था रहेको तुलसीपुर ४ का वडाध्यक्ष तुलसी थापाले बताए ।

“यो सडकमा करिब १० किलोमिटर सडक कालोपत्रे भइसकेको छ”,उनले भने “बाँकी ११ किलोमिटरमा कतै ट्रयाक बनाउनु छ, कतै नाली बनाउनु छ, त्यसकालागि अहिले आएको बजेटले केही काम हुन्छ, हामीले यसलाई अन्यत्र लैजान दिदैनौं ।”  घोराही–रक्षाचौर सडक २१ किलोमिटर लम्बाइ छ  । त्यस्तै मन्त्री मास्कीले ग्वारखोलाई हाइड्याम्पले विद्युत,सिंचाई, खानेपानी, पर्यटनलगायतका क्षेत्रमा टेवा पु¥याउने भएकाले त्यसको सम्भाब्यता अध्ययनकालागि आफूले बजेट बिनियोजन गरेको बताए । त्यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई दुईसय सैया बनाउनकालागि ओएमएन सर्वेको काम अन्तिम चरणमा पुगेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds